जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा थपिए १७०३ जना कोरोना सक्रमीत , निको भए १२३६ जना

जन्मभुमि खबर । नेपालमा थप एक हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १ हजार ४ सय ३५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख २९ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ९ हजार ४ सय  ३५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ३५ जनाले ज्यान गुमाएका छन् ।