जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप ५११ मा कोरोना, ६ सय भए निको

पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।
पछिल्लो २४ घण्टामा  ६ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ।