जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा  गण्डकी प्रदेशमा  ६ जना कोरोना संक्रमितको मृत्यु।

पोखरा ।  पछिल्लो २४ घण्टामा  गण्डकी प्रदेशमा  छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने पाँच जना कास्कीको पोखराका र एक जना तनहुँका छन् । तनहुँका संक्रमितको पोखरामा उपचारका क्रममा निधन भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३२ कि ४२ वर्षीय  महिला, वडा नं २६ का ७३ वर्षीय पुरुष, वडा नं २५ का ५२ वर्षीय पुरुष, वडा नं १६ का ५९ वर्षीय र २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै तनहुँको व्यास नगरपालिकाका-४का  ७० वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा कोरोनाबाट मर्नेको संख्या ९३ पुगेको छ ।