जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामाा नेपाल मा ८२ जनामा कोरोना पुष्टि ।

पोखरा ।

पछिल्लो २४ घण्टामा नेेेेेेेेेेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै धनुषामा १९ जना संक्रमित थपिएको छ ।

यस्तै सुर्खेतमा ११ जना, कालीकोटमा ७ जना, तनहुँमा ६ जना, काठमाडौँ र चितवनमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङ, पर्वत, रुकुम पश्चिम, बाग्लुङ, लम्जुङ, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, सर्लाही, सिन्धुपाल्चोक, मकावनपुर, सिन्धुली, ललितपुर, सोलुखुम्बु, नवलपरासी पूर्व, स्याङ्जा,  गुल्मी, पाल्पा, गोरखा, दैलेख, बझाङ र दार्चुलाका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६,८ ०१ जना पुगेका छन्। हालसम्म ३८ कोरोना संक्रमितको भने मृत्यु भएको छ भने  ८,५८९ जना संक्रमण पछि निको भएर घर फर्केका छन्।