Home / स्वास्थ्य र जीवनशैली / नोबेल अस्पताल बिराटनगरको आडमा फोहोरको डुंगुर ।

नोबेल अस्पताल बिराटनगरको आडमा फोहोरको डुंगुर ।

बिर्तामोड,३०चैत।

बिष्णु आचार्य, बिर्तामोड

दैनीक सैयौ बिरामीहरु आवत जावत गर्ने बिराटनगरको प्रमुख अस्पताल हो नोबेल अस्पताल । बिरामीहरु उपचारको लागी अस्पताल आउने गर्छन् तर अस्पतालको बाहिर वरीपरी नाक थुनेर हिड्नु पर्ने अवस्था छ ।
अस्पतालको सामुन्ने नाली जस्तो लामो खोल्सामा फोहोरले भरीएर दुर्गन्ध फैलीएको छ ।

बिराटनगर देशकै ठुलो व्यापारी केन्द्र पनि हो र महानगरले सोहि अनुसार कर उठाउने गर्छ तर अस्पताल जस्तो संबेदनशील क्षेत्रमा महानगरको ध्यान पुगेको देखिदैन ।यसरी फोहोर हुनु अति नै दुर्भाग्य हो । स्थानीय नगरपालीकाले फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । स्थानीयहरुका अनुसार फोहोर व्यवस्थापन वापत प्रति महिना रु. ५००/- उठाउने गरीएको छ ।

अस्पतालको संवेदनशीलतालाई वेनास्ता गर्दै जथाभावी फोहोर गर्नेहरु पनि उत्तीकै जिम्मेवार छन् ।फोहोर रोगको घर हो भन्ने जान्दा जान्दै पनि स्थानीय निकायले सफा गर्छ भन्दैमा जथाभावी फोहोर गरेर आखीरमा नाक थुनेर हिड्नु पर्ने त स्थानीयवासी स्वंय हो ।

सबै सजग भएर यसरी फोहोर नहुने वातावरण वनाउनु सबैको दायित्व हो भने स्थानीय निकायले फोहोरको तत्काल उचीत व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

 

About janmabhumi