जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल रेडक्रस साेसाइटि पोखरा १७ उपशाखाकाे प्नन्धाै बार्षिक साधारणसभा सम्पन्न ।

पोखरा ,२९पौष।

नेपाल रेडक्रस साेसाइटि पाखरा १७ उपशाखाकाे प्नन्धाै बार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाकाे  उदघाटन गर्दै नेपाल रेडक्रस साेसाइटि कास्की शाखाका सभापति डाेल राज पाण्डेले बिपदकाे समयमा रेडक्रसले निष्पक्ष का साथ काम गर्ने बताउनुभयाे।सभामा पाेखरा महानगर पालिकाका कार्यपालिका सदस्य राधिकाशाहि याेगिले उपशाखाकाे भबन निर्माण गर्न सबै सदस्य हरकाे उत्तिकै सहयाेग रहेकाे बताउनुभयो ।

सभामा उपशनखाका सल्लाहकार क्या खडग बहादुर शाहि,गुप्तेश्वर बहुमुखि क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष डा टंकराज अधिकारी,गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका उपाध्यक्ष इश्वरि प्रसाद लम्साल,लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे।उक्त सभामा सचिब हरिप्रसाद लम्सालले प्रस्तुत गर्नुभएकाे प्रगति प्रतिबेदन तथा प्रस्तावित बार्षिक कार्ययाेजना,काेषाध्यक्ष बिजय कुमार शाहिले प्रस्तुत गर्नुभएकाे आर्थिक  प्रतिबेदन तथा प्रस्तावित आय ब्यय बिबरण,सभाले सर्बसहमत रुपमा पारित गरेकाे छ।कार्यक्रम काे संचालन सचिब हरि प्रसाद लम्सालले,स्वागत मन्तब्य उपसभापति हरि प्रसाद श्रेष्ठले ,रेडक्रस का सात सिद्धान्त बाचन उप काेषाध्यक्ष लक्ष्मि अधिकारिले,सभाकाे सभापतित्व सभापति झपिन्र्द राज रेग्मीले गर्नुभएकाे थियाे।