जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल मा ५०९ जना कोरोना संक्रमितको मृत्युु ,संक्रमित संख्या ७९,७२८

पोखरा ।   नेपालमा पछिल्लो २४ घण्टामा १,९११ जनामा कोरोना पोजिटिभ देखिएको छ। हाल सम्म नेपालमा कोरोना संक्रमित ७९,७२८ पुगेका छन्।आज मात्र कोरोना निको भएर ९६१ जना घर फर्केका छन्।यो संगै हाल सम्म ५७,३८९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्।नेपालमा कोरोना बाट ५०९ जनाले ज्यान गुमाएका छन् भने आज मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।