जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली राजनीतिमा देखीएको बिदेशी हस्तक्षेप बिरुद्द पोखरामा प्रदर्शन ।

कृष्ण बराल,पोखरा ।                                                             सम्सद बिघटन पश्चात नेपाली राजनीतिमा देखीएको अनयोलतामा बिदेशी हस्तक्षेप बढ़ेको भदै पोखराको बीपी चोकमा आज एक घण्टा प्रदर्शन भएको छ । स्वतन्त्र रूपमा पोखरेलि यवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रिय भारत चाइना नेपालको आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, हामी हुकुम दिने हाकिम हैन असल छिमेकि चहाँछौ, नेपालको सार्वभौमताको सम्मान गर, तातो पानी नाका तुरन्त सुचारु गर, अतिक्रमित भूभाग फिर्ता गर लगाएत नारा लेखिएका प्ले काड प्रयोग गरीएको थियो ।

प्रदर्शनका नेतृत्वकर्ता सिरिश कुमार बास्तोलाले नेपाली राजनीतिमा मर्यादा क्रमको ख़्याल नगरी बिदेशी दूत भेटने परिपाटीले हस्तक्षेप कती हुंछ प्रस्ट बुझन सकिने बताए । साथै चाइना बिरुद्द प्रदर्शन गरीएको सम्बभत यो पहिलो पटक भएको उनले बताए ।

अर्का प्रदर्शनकारी कृष्णा बरालले नेपाल सरकारको चाबी नेताहरूले भारत र चाइनामा बुझाएको बताए । उनले नेपाल जस्तो सार्बभौम देशमा ठोडो बैदेशिक हस्तक्षेपले देश अस्थिर भएको बताए ।