जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली कांग्रेस वडा कार्य समिति पोखरा २१ ले ज्ञापन पत्र बुझायो।ज्ञापन पत्रको पुर्ण पाठ सहित

पोखरा ।

श्रीमान् अध्यक्ष ज्यू ,
वडा कार्यलय वडा -२१
पाेखरा महानगर पालिका ।

                         विषय : ज्ञापन पत्र।

नयॉ संविधानले निर्दिष्ट गरेको भावना जनताको घर आगनमा सरकार र वडा वडामा शिहंदरवारको अधिकार हो , यसैका लागि शक्तिशाली स्थानीय निकाय वनाईएको हो र निर्वाचन सम्पन्न भएको हो। आफ्नो कार्यकालको लगभग अन्तिम वर्ष तिर आउदै गर्दा स्थानीय निकाय र जनतावाट निर्वाचित प्रतिनिधि के गर्दैछन जनताको चासो हुनु स्वभाविकै हो । सहभागितामूलक विकास, पारदर्शी प्रशासन, जनताको योजना भ्रष्टाचार मुक्त समाज , यी हाम्रा आकक्षां रहेका हुन ।तर दुर्भाग्य, हेर्दा हेर्दै हाम्रै आखॉकाे सामुन्ने हाम्रो विश्वास ढल्दै गईरहेको छ । खुसी र समृद्द नेपाल, विकासको अठोट , स्थायी सरकार यी सवै चुनावमा मत लिने नारा रहेछ , व्यवहारमा देशमा स्थापित नेकपाका सवै सरकारहरू संस्थागत भ्रष्टाचार र नेतृत्व चारित्रिक रूपमा भ्रष्टिकरण तर्फ उन्मुख छन्, सवै सरकारका स्थानीय स्रोत र साधनलाई पार्टीकरण गरिएको छ र सरकार सर्वसत्तावाद स्थापना गर्ने कुत्सित मार्गमा हिडिरहेको छ। सरकार किन वनाईन्छ ? के का लागि सरकार हो ? सरकारले के काम गर्नु पर्दछ ? यस्ता आधारभूत प्रश्नको उत्तर समेत सरकारी नेतृत्ववाट पाउन प्राय असंभव देखियो । विकास , सुशासन देखि रोग सम्म सरकार संपूर्ण रूपमा असफल छ , पार्टी नेतृत्व पतन उन्मुख छ।जनप्रतिनिधि हरूमा विवेक, क्षमता र ईमान्दारिता हुनुपर्नेमा दम्भ , अंहकार र अधिनायकवादि साेचले डेरा जमाएको छ । कर आतंक मच्चाईएको छ , प्रतिनिधि भ्रष्ट र सुविधाभोगि छन्।यो नेकपाको नियत हो कि जनतालाई आईपरेको नियति हो ? यसवाट जतिसक्दो मुक्ति पाउनुनै अहिलेको आवश्यकता हो ।

केन्द्रीय सरकार, प्रदेश सरकार मात्र होईन वडा वडामा वेथीति छ । सानो होस वा ठुलो पदको होस , एउटै चरीत्र मौलाएको छ , जसरी हुन्छ लुट्ने ।नारानै वनेको जस्तो देखिन्छ , “मौक़ा यहि हो लुट र लुट्न देऊ” । मेयर देखि नगर सदस्य सम्मका प्राय निर्णय र कामहरू विवादित छन्। यसै क्रममा पाेखरा महानगर पालिका वडा नं २१का वडा सदस्य जनप्रतिनिधि राम बहादुर गुरूङ (कमल)काे एक उपभाेक्ता समितिका अध्यक्ष संग बाटाेकाे फरफारक सम्बन्धि कुराकानिकाेअडियाे रेकर्ड सार्वजनिक भएको देखियो । यो घटना प्रति नेपाली कांग्रेस पाेखरा महानगर पालिका वडा २१ कार्यसमितिकाे ध्यानाकर्षण भएकाे छ ।
माेटरबाटाे उपभाेक्ता समितिका अध्यक्ष र २१ का वडासदस्य रामवहादुर गुरूंग विच उक्त बाटाेकाे याेजना मुल्यांकन र फरफारकका सम्बन्धमा अडियाेमा उपलव्ध दाेहाेराे संवाद सुन्दा राम बहादुर गुरूङले नगद एक लाख रूपैया घुस लिई याेजना फरफारक, मुल्यांकन गर्न सकिने अन्यथा नसकिने भनाई राखेको प्रष्टसग सुनिएकाे छ । यसवाट स्थानिय जनप्रतिनिधिहरू याेजना र विकाशका नाममा भ्रष्टाचारमा लिप्त रही कमाउ धन्दामा लागेकाे प्रष्ट हुन आउँछ । हामि माँग गर्दछौ, सार्वजनिक भएको संवाद रेकर्डकै आधारमा पनि निज सदस्य कानूनि र चारित्रिक दुवै दृष्टिले पदमा रहिरहन मिल्दैन ।तसर्थ वडा सदस्यलाई तत्कालै पदबाट निलम्वन गरि आवश्यक अनुसन्धान अघि वढाईयोस र अपराध वमोजिमको कानूनि कार्यवाहि गरीयोस।। अड़ीयोमा उपभोक्ता समितिका अध्यक्ष र उहॉको परीवारलाई जिऊज्यानको धम्कि समेत दिएको सुनिन्छ , यसवाट अध्यक्ष तथा उनको परीवार सुरक्षित छैनन भन्ने देखिएको छ । संम्वन्धित निकाय यस तर्फ गंभिर वनोस र सुरक्षाको प्रवन्ध गरोस ।
हाम्रो आग्रह छ , निजवाट भएका यस्ता निकृष्ट घटनालाई राजनितिकरण गर्दै संरक्षण गर्ने, तुहाउने , लुकाउने तथा प्रमाण नष्ट गर्ने कार्य अपराधभन्दा पनि ठुलो अपराधपूर्ण कार्य हुने भएकोले संवन्धित दल ,संस्थावाट यो घटनालाई राजनीतिक आग्रहवाट मुक्त रही हेर्न र अनुसंधानमा सहयोग पुर्याउन अनुरोध छ ।
पाँच वर्ष जनताले नेकपा पार्टी लाई मत दिएकाे कुरामा हाम्रो कुनै गुनासाे छैन , यो कार्यकाल कस्तो रह्यो त्यसपछि जनसवांद गरौला , तर कमसेकम यो ५ वर्ष त ईमान्दार वन। हाम्रो आग्रह यति हो । देश लुट्ने र जनताको रगत र पसिनाबाट उठाईएकाे करलाई दुरूपयोग गरी भ्रष्टाचार गर्दा टुलुटुलु हेर्ने जनताको आदेश कसैलाई छैन । यदी जनता माथि यसै गरि अपराध गर्दै जाने हाे र अपराध लुकाउदै जाने हाे भने हाम्रो पार्टी जस्ताेसुकै परिस्थितिमा जुनसुकै आन्दाेलनका कार्यक्रम सहित अगाडि बढ्नेकुरा जानकारी गराउदछाै ।
आशा छ, अपराधलाई राजनीतिकरण र राजनितिलाई अपराधीकरण नगरीयोस ।अपराधका प्रमाण नष्ट नगरियाेस्, हाम्राे चासाेलाई सम्बाेधन गरियोस ।
जय नेपाल ।
केवल गिरी
सभापति