जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा ६८२  जनामा कोरोना संक्रमणको पुष्टि

पोखरा ,१२ जेष्ठ ।

नेपालमा अहिले सम्म ६८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको हो। आज बिहान ७२  जना को संक्रमण पुष्टि भएको थियो।

नेपालमा कोरोना संक्रमण  बाट  थप एक जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने निको हुने ११२ जना पुगेका छन्।  जस्मा पुरुष ६०२ महिला८० रहेका छन्।