जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा शुक्रबार मात्रै १४ जाना कोरोना संक्रमित

पोखरा

नेपालमा कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्।

शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले  बताए।

उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ।

चितवनबाट बिहीबार बेलुका ल्याइएकाे २ वटा स्वाबकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे भरतपुर अस्पतालका अध्यक्ष डा भाेजराज अधिकारीले  बताए।बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा ३० जाना संक्रमित पुगेका छन्।