जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

जन्मभुमि खबर, २ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २११४७५ पुृगेको छ।

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नजाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।

नेपालमा थप २८७८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७९२४२ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ११२ पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म १६ लाख १३ हजार ९११ जनामा पीसीआर परीक्षण गरिएको तथ्यांक छ ।