जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण

पोखरा ।

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छ भने १३ जनाको मृत्यु भएको छ।