जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ।  त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। एक हजार ७ सय ९८ जना निको भएका छन्।