जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप १० जनामा कोरोना भाइरस पोजेटिभ

२१ वैशाख।

आज नेपालमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १ जनामा कोरोना पोजिटिभ देखिएको हो।

वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्। नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।  यो सँगै संक्रमितको संख्या ६९ पुगेको छन् भने १६ जना डिस्चार्ज भएका छन् ।