जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोना भाईरसका कारण थप २ जनाको मृत्यु

पोखरा ।

कोरोना भाईरसका कारण थप दुई जनाको मृत्यु भएको छ।स्याङ्जा जिल्ला सिरूबारि निवासी  ५५ बर्ष एक पुरुषको गय राति ११:३५ बजे उपचारका क्रम्मा पश्चिमाञ्चल हस्पिटल मा मृत्यु  भएको स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेेेशले जानकारी गराएको छ।

 

यस्तै चितवन घर भएका एक व्यक्तिको कोरोना भाइरस  संक्रमणबाट काठमाडौंमा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन घर भएका ५० वर्षीय पुरुषको काठमाडौंको पाटन अस्पतालमा आज (बिहीबार) मृत्यु भएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गरेका छन् ।यो संगै कोरोना बाट मृत्यु हुनेको संख्या  २६ पुगेको छ।