जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा आज थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

पोखरा ।

नेपालमा आज थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेका छन् ।

सुर्खेत सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो  छ ।