जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नि:शुल्क रगत परिक्षण कार्यक्रम सम्पन्न।

पोखरन,०६ फाल्गुन

आज फुर्सेखोला टोल बिकास संस्थाको समन्वय एवंम नेशनल बाथरोग सेन्टर मुस्ताङ्गचोक पोखराको प्राविधिक सहयोगमा नि:शुल्क बाथरोग सम्वन्धि रगत परिक्षण कार्यक्रम सम्पन्न भयको छ।


पोखरा-२१ फुर्सेखोला सामुदायिक भवनमा भयको कार्यक्रमको अध्यक्षता सोही टोल बिकाश संस्थाका अध्यक्ष पुर्णदिप सिग्देलले गर्नु भयको थियो। प्रमुख अतिथिको रुपमा सोही सेन्टरका ब्रान्च मेनेजर कृष्ण राज ढकालले गर्नु भयको थियो साथै सेन्टरका रिसप्सेनिष्ट रोजि गुरुङ्ग,ल्याव टेक्निसियन रबिना राना मगर,नर्सिङ्ग शाखा शुष्मा लामिछाने,ल्याब टेक्निसियन मनिषा क्षेत्रि लगायत रगत संकलन चेकजाचको रुपमा खटिनु भयको थियो
उक्त कार्यक्रममाको सुरुवाति ७७ बर्षिय बल बहादुर सुनार द्वारा पहिला रगत दियर शुरु गरियको थियो। उक्त कार्यक्रममा ७९ जना स्थानियहरुले नि:शुल्क रगत परिक्षण एवंम जाच गर्नु भयको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष लेखनाथ पहारिले गर्नु भयको थियो भने कार्यक्रम संञ्चालन संस्थाका सचिब राम चन्द्रले गर्नु भयको थियो।