जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निशुल्क मास्क वितरण गर्दै लायन्स क्लब चितवन लन्कु

चितवन ।

भरतपुर -४ धर्मचोकमा कोभिड -१९ संक्रमण जोखिम न्यूनीकरणका लागि सचेतना एवं निशुल्क मास्क वितरण गरिएको छ । लायन्स क्लब चितवन लन्कु , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र दिदिबहिनी आमा समूह धर्मचोकको आयोजनामा धर्मचोकमा माक्स वितरण गरिएको हो ।

मोटरसाईकल, मोटर, ट्याक्सी, कार, तथा पैदलयात्री माक्स प्रयोग नगर्नेलाई निशुल्क मास्क  वितरण गरिएको तथा माक्स लगाई सार्वजनिक स्थलमा हिड्न आग्रह गरिएको माक्स वितरक लायन्स क्लबका अध्यक्ष लायन कृष्ण कुमार शर्माले जानकारी दिनुभयो ।

माक्स वितरण गर्ने कार्यक्रममा सान्दर्भिक मन्तव्य लायन हरिदास सापकोटाले दिनुभएको थियो जिल्ला ट्राफिक कार्यालय , दिदिबहिनी आमा समुहका सदस्यहरु, समाजसेवी ,स्थानीय बुद्धिजीवी सहभागी थिए ।