जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निर्माण सामाग्री (हार्डवेयर) व्यवसाई संघद्वारा श्रमिक परीवारहरुलाई राहत सहयोग ।

भरतपुर,  १८  बैसाख

निर्माण  सामाग्री  (हार्डवेयर)  व्यवसाई  संघ  चितवनले  बुधबार  दैनीक  ज्यालादारी  गरीजिविकोपार्जन  गर्दै  आएका  १८०  श्रमिक  परीवारहरुलाई  राहत  वितरण  गरेको      लकडाउनको  समयमा  पसलहरु  बन्द  भई  काम गर्न नपाएर अप्ठ्यारोमा परेका  हार्डवेयर  सम्बद्द  श्रमिकहरुलाई  सहज  होस्  भन्ने  हेतुले  राहत  सामाग्री  बितरण  गरीएको  हो 

 

संघका  अध्यक्ष  बाबुराम  आचार्यका  अनुसार  पहिलो  चरणमा  भरतपुरका    छुट्टाछुट्टै  स्थानहरुबाट  राहत  बितरण  गरीएको  हो    श्रमिकहरुलाई  पाएक  पर्ने  गरी  उधोग  बाणिज्यसंघ  चितवन  परीसर,  वसेनी    हाकिमचोकबाट  राहत  बितरण  गरीएको  थियो   

उधोग  बाणिज्य  संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको रोहबरमा स्थानीय  निकायहरुसंग  समन्वय  गरी  राहत  बितरण  गरीएको  थियो 

संघका  अध्यक्ष  आचार्यका  अनुसार  १९  गते  शुक्रबार  पश्चिम  चितवनका  हार्डवेयर  सम्बद्द  श्रमीकहरुका  ८०  परीवारलाई  पनि  राहत  सामाग्री  बितरण  गरीने  कार्यक्रम  समेत  तय  गरीएको   

निर्माण  सामाग्री  व्यवसाई  संघलाई  उधोग  बाणिज्य  संघ  चितवन    निर्माण  सामाग्री  व्यवसाई  संघ  सम्बद्द  व्यवसाईहरुले  राहत  वितरणको  लागी  आर्थिक  सहयोग  उपलब्ध  गराएका  थिए