जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नियमित सरसफाइमा वे ग्रुप नेपाल । भरतपुरको एक पार्कमा गोड्मेल र सरसफाइ सम्पन्न ।

चितवन ।
´हप्ताको एकदिन एकछिन समाजको लागि´ कार्यक्रम अन्तर्गत वे ग्रुप नेपालको नियमित सोमबारे सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।      लक डाउनको कारण केहि समय रोकिएको सो कार्यक्रम आज चितवनको भरतपुर स्थित सरकारि अस्पताल नजिक निर्माण भएको पार्कमा सरसफाई गरि सम्पन्न भएको छ । उत्साह जनक सहभागी भएको कार्यक्रममा सुरक्षा साबधानी अपनाइ सरसफाई गरिएको थियो । वे ग्रुपका सदस्य रामचन्द्र सुबेदीका अनुसार लक डाउनको समयमा पार्कमा झाडी बढेको र लगाइएका फुलहरुलाई पनि असर गर्ने देखिएकोले उक्त पार्कमा फैलिएको झाडि हटाउनु परेको हो ।        आगामि हप्ताबाट सरसफाइको श्रृङखलालाइ नियमित गरिने पनि वे ग्रुपले जनाएको छ । वे ग्रुपले संचालन गर्दै आएको सरसफाइ अभियानले ४ बर्ष पूरा गरेको छ भने आज २०५ औ शृङ्खलाको कार्यक्रम गरिएको हो ।