जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ

जन्मभुमि खबर , निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन्।  नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो।

ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए। निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो। हिजो नै सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक रायले भने,’अर्का व्यक्तिको खोजी भइरहेको छ।’यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रायले बताए।

सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ।आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन्