Home / मनोरञ्जन / नारायणगढको क्याम्पाचौरमा ‘मंगलम् म्युजिक फेष्टिवल-२०७५’ हुने ।

नारायणगढको क्याम्पाचौरमा ‘मंगलम् म्युजिक फेष्टिवल-२०७५’ हुने ।

 

नारायणगढ,१५ चैत।

अनाथ बालबालिकाको सहयोगार्थ चितवनको नारायणगढमा ‘मंगलम् म्युजिक फेष्टिवल–२०७५’ हुने भएको छ ।

टीएस इभेन्ट इन एसोसिएसन विथ सम्मान इन्टरटेनमेन्टले नारायणगढको क्याम्पाचौरमा आउँदै गरेको नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा यही चैत १६ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित गाएकहरु सशान कँडेल, भुवन प्यासी, भाञ्जे मिलन, युवराज कँडेल, भेषराज गौतम, पुष्प प्रधान प्रस्तुती रहनेछ । साथमा नेपाल आइडलका निशान भट्टराई, अमित बराल, सुजाता पाण्डे, मीनराज पौडेलको विशेष प्रस्तुति रहनेछ साथै  स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने गाएक शशॉक कडेलले जानकारी दिए ।

कार्यक्रम हेर्न आउने दर्शकका लागि तीन सय र एक हजार रूपैयाँको टिकटको व्यवस्था गरिएको छ ।कार्यक्रमबाट बचत रकम अनाथ बालबालीकाको क्षेत्रमा काम गर्दै आएका संघ संस्थालाई हस्तान्तरण गरिने गाएक कडेलले जानकारी दिए ।

सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको हुँदा सबैले कार्यक्रममा सहभागी भई सहयोग गरिदिन कलाप्रेमी महानुभावहरुलाई आयोजकले आग्रह गरेको छ ।

About janmabhumi