जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि , गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७

पोखरा ,१९ जेठ ।

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, कावासोती नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२ र ३६ का २ जना पुरुषहरु र सोहि जिल्ला बिनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १४ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको गण्डकी प्रदेश यससंगै गण्डकी

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम का प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी गराउनु भयो।यो  संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको व्यहोरा अनुरोध छ |