जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दलित संमन्वय समिति पोखरा-२१ द्वारा आरन बितरण

पुुुुुुुर्ण दिप सिग्देल , पोखरा,१८ माघ।


दलित संमन्वय समिति पोखरा-२१ द्वारा सस्कृति संरक्षण एवंम आय आर्जनका लागि आरन सेट बितरण गरेको छ।
पोखरा-२१को वडा स्तरिय बजेट रु ७० हजार बाट सोही वडामा रहेका ९ जना निम्न आय भयका ब्यक्तिहरु लाई आरन बितरण गरेको थियो।


उक्त कार्यक्रममा जिल्ला संमन्वय समिति कास्कि सदस्य सीता बिश्वकर्मा,सोही वडाका जनप्रतिनिधि सदस्य द्वय अम्बिका थापा,राम बहादुर गुरुङ्ग कमल,फुर्सेखोला टोल बिकास संस्था अध्यक्ष पुर्ण दिप सिग्देलले लगायतले बोल्नु भयको थियो।


पोखरा-२१ मा रहनु भयका गणेश सुनार,नहल सिह सुनार,ईन्द्र बि.क.,दिल ब. सुनार,रत्न कामी,वेद ब. कामी,पुर्ण ब कामी, नेत्र सुनार ,खिमे कामि लाई आरनका सेट सामाग्रि बितरण गरियको थियो। जसमा एक ब्यक्ति लाई एकआरन पंखा,दुई घन,दुई रेति,एक सनासो,एक लिई रहेको थियो।

उक्त कार्यक्रमको अध्यक्षता दलित संमन्वय समितिका अध्यक्ष वल बहादुर सुनारले गर्नु भयको थियो भने कार्यक्रम संञ्चालन किसोर कुमार परिवारले गर्नु भयको थियो।