जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ७४३ मा कोरोना संक्रमण, ९५२ भए निको

जन्मभुमि खबर। पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।