जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ७३६ मा कोरोना संक्रमण, १३ को मृत्यु

जन्मभुमि खबर । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

 

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८  हजार ५ सय ६९ पुगेको छ।

 

त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ।