जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घण्टामा ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ।