जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ४०३ मा कोरोना संक्रमण, ७ को मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।

 

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

 

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।