जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २७३६ जना कोरोना संक्रमित थपिए, थप २२ जनाको मृत्यु

नेपालमा थप २७३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९९७६० पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।

नेपालमा थप ८५३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६०५७७ पुगेको छ।

नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १  हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।