जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, निको हुने ८६१

पोखरा ।

नेपालमा आज बिहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

गौतमका अनुसार २० महिलासहित २३० पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४,  ८६१जना निको भएर घर  फर्केेका छन भने  १५ जनाको मृत्यु भएको छ।