जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १२१७ जनामा कोरोना, निको भए १०६४

जन्मभुमि खबर। पछिल्लो २४ घण्टामा देशभर  थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय  १७ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।
पछिल्लो २४ घण्टामा १०६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पिसिआर गरिएको छ। अहिलेसम्म निको हुनेको दर ९४. २ प्रतिशत रहेको छ।