जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १०५६ मा कोरोना पुष्टि, १४८३ भए निको

जन्मभुमि खबर । पछिल्लो २४ घण्टामा देशभर  थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर गरिएको छ।