जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थपिए ५५४ कोरोना संक्रमित, मृतकको संख्या १९ सय नाघ्यो

नेपालमा शुक्रबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २६९ वटा पीसीआर परिक्षणका क्रममा ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा मृत्यु भएका ६ जनासहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०९ पुगेको छ । त्यस्तै बुधबार थप ५८५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ५७  हजार २२९ जनाले कोरोनालाई जितेका छन् । मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।