जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थपिए २ हजार ८ सय १७ कोरोना संक्रमित, २१ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा भेटिएका हुन्। यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।

नेपालभर अहिलेसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।