आइतवार, मंसिर २९, २०७६

त्रिशूलीमा बस खस्दा ३ को मृत्यु : १२ गम्भीर घाइते, २५ बेपत्ता

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ जादै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन । बसमा ४० भन्दा बढी यात्रु रहेको आशंका गरिएको छ ।

उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ र उद्दार कार्य जारी रहेको छ । थप क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।