जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ७०० ले घट्यो सुनको मूल्य

जन्मभुमि खबर ,काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला ७०० ले घटेको  छ। यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन सोमबार आइपुग्दा पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला  ९० हजार ७०० मा कारोवार भएको थियो ।  आज तेजाबी सुन प्रतितोला  ८९ हजार ५५० मा कारोवार भएको छ ।

आइतबार प्रतितोला ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० ले घटेको हो । यस्तै चाँदीसमेत प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोवार भएको चाँदी सोमबार प्रतितोला एक हजार १२० मा खरीदबिक्री भइरहेको छ।