जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलाको १३ सय रुपैयाँले घट्यो सुन

काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।
बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको जनाइएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३३० रहेको महासंघले जनाएको छ ।