Home / समाचार / तीजको दिनमा पनि सरसफाईलाई निरन्तरता दिदै वे ग्रुप । डेंगु फैलाउने लामखुट्टे खोज्दै ग्यारेजमा ।

तीजको दिनमा पनि सरसफाईलाई निरन्तरता दिदै वे ग्रुप । डेंगु फैलाउने लामखुट्टे खोज्दै ग्यारेजमा ।

चितवन, १६  भदौं

सरसफाईलाई  ध्यानदिदै  आएको  वे  ग्रुप  नेपालले  डेंगु  रोगको  संक्रमण फैलिँदै गएपछि  लामखुट्टेको  लार्भा  खोजेर नष्ट  गर्न  गाडी  ग्यारेज  तथा  फोहोर  बढी  भएका  पानी  जम्ने  ठाउँहरूमा  जान  थालेका  छन्  । डेंगु  सार्ने  एडिस  एजिप्टाई जातको  पोथीलामखुट्टेले  सफा पानीमा  फुल  पारेर सन्तान वृद्धि  गराउने हुँदा  त्यस्ता  स्थानको  पहिचान  गरी  नष्ट  गर्नकोलागि  गाडी  ग्यारेज  वरिपरि  टायर  पल्टाउँदै  हिँडेको  हो 

सरसफाई  अभियन्ता  राजु  सेढाईले  ग्यारेज सञ्चालक  तथा  ग्यारेजमा  काम  गर्ने मजदुरहरूलाई  समेत यसबारेमा सचेत गराइएको आफैँले  सुरक्षा  नअपनाउँदा  डेंगु  फैलिन  सक्ने  तर्फ  सचेत  गराउदै  अभियान  चलाईएको  बताए    उनले थपे, ‘त्यसैले  जहाँ  सफा  पानी  जमेको  , त्यसलाई  फाल्न  हामीले सुझाएका  छौँ ।

डेंगुबाट  बच्न  सरसफाइमा  ध्यान  दिनुपर्ने  भएकोले  सबैले  आफ्नो  घर  वरिपरि  सरसफाइ  गरिराख्नुपर्ने अर्का  अभियन्ता  रजनी  श्रेष्टको भनाइ छ । सरसफाइमा ध्यान  नदिँदा  डेंगुबाट  हामी  टाढा  जान  सकेका  छैनौ  भन्दै  बर्षदेखी  सरसफाई  अभियानमा  निरन्तर  सरीक गैडाकोटका अमृत  पौडेलले  हामीले  आफ्नै  घर  वरिपरि  डेंगु  सल्काउने  लामखुट्टेको  संरक्षण  गरेर  राखेका  छौ  भन्दै  सबैलाई  सचेत  हुन  आग्रह  गरे  !

भरतपुर  महानगरपालीकाका  नगर  प्रहरीहरु,   वडा  प्रहरी  कार्यालय  नारायणगढबाट  खटि  आएका  प्रहरी  टोली  लगाएत  स्थानीय  टोलवासीहरुले  वे  ग्रुपको  अभियानलाई  साथ  दिएका  थिए  । जनस्वास्थ्य  कार्यालय  चितवनका  अनुसार  भरतपुरको  वडा  नं.  , ,  ,  ,  १०,  ११ १२  डेंगु  रोगको  उच्च  जोखिममा  रहेको   

About janmabhumi