जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तपाईंको आजको शुभ राशिफल

वि.सं. २०७७ भदौ ११। बिहीवार। इ.स. २०२० अगस्ट २७। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। नवमी, १२:२७ उप्रान्त दशमी।

मेष –

नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने बेला छ।

 

वृष –

कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साँझतिर साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

 

मिथुन –          प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ।

 

कर्कट –

अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। साँझतिर द्वेष तथा ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्।

 

सिंह –

स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

 

कन्या –

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। नयाँ काममा हात हाल्न केही समय लाग्नेछ।                                                                         तुला                                                                        तपाईंको व्यक्तित्व देखेर सबै प्रभावित होलान् , तपाईंको साथ र सहयोगले सबैलाई फाइदा होला, आज परोपकार तथा धार्मिक कार्यमा मन जानेछ।
वृश्चिक                                                                   अनावश्यक खर्चको योग आएको छ , सन्तान पक्षको कमजोरीले अपमानित महशुस होला, तपाईंको कमजोरीको फाइदा उठाउलान, धैर्य तथा विवेकले काम लिनुहोला।
धनु                                                                           आजको दिन तपाईंलाई गुप्त बिद्या तथा शिक्षा प्राप्त होला , आज विशेष परिस्थितिले दिनभर मन रमाउला, कुनै पनि गुरुजन तथा साधु सन्तलाई सेवा तथा सत्कार गर्न पाईएला।
मकर                                                                        तपाईंलाई आजको दिन कुनै उच्च पद प्राप्ति तथा जागीर मा पदोन्नति होला, सरकारी काम कार्यहरू पनि सहजै सम्पन्न होलान् , आज मान,सम्मान,धन तथा प्रतिष्ठामा वृद्धि होला।
कुम्भ                                                                          आजको दिन गरिरहेका अधुरा कामहरूको आज बिट मारिएला, मन हलुका हुनेछ, तिर्थयात्रा तथा शुभ कार्य गरिएला, आजको दिन भाग्योदय हुनाले वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ।
मीन                                                                          आजको दिन पशु तथा चौपायाबाट लाभ होला, शत्रुहरु हार खानेछन, तर पनि आजको दिन कुनै नयाँ काम कारोबार नगरेकै राम्रो होला, आजको दिन भगवान महादेवको आराधना गरेमा राम्रो हुनेछ।