जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एक लाख ५० हजार घुस लिएको आरोपमा तनहुँका सवइन्जिनियर अधिकारी पक्राउ

जन्मभुमि खबर,पोखरा । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार भानु–२ बाट पक्राउ गरेको हो ।

भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन आयोगमा परेको आधारमा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।