जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँको बन्दीपुरबाट लागुऔषधसहित दुई युवा पक्राउ

जन्मभुमि खबर, पोखरा ।गण्डकी प्रदेश अन्तर्गतको जिल्ला तनहुँमा लागू औषध सहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङ बेशिसहर नगरपालिका–२ शान्तिटोलका २७ वर्षीय गोबिन गुरुङ र सोही जिल्ला वडा ७ क। पुरानो बैंकचोकका १९ वर्षीय विशाल घले रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनीहरु तनहुँ बन्दिपुर गाउँपालिका १ डुम्रे बजार स्थित एक खाजाघरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार उनीहरुको साथबाट डाईजोपाम ४७ सेट, नुर्फिन ४७ सेट र फेनरागन ४७ सेट गरी जम्मा १४१ सेट लागूऔषध बरामद भएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।