मङ्लबार, असार ३०, २०७७
काेराेना भाइरस - COVID - 19

५७३६६४

१३१२७०३०

७२८०५१५
मृत्यु
३८
संक्रमित
१७०६१
निको भएका
१०३२८





Last Update : ३० असार २०७७, मंगलवार

डेभिजफाल क्लबद्वारा फुटबल ट्रेनिड़ एकेडेमी उद्घाटन।

दिपक सुवेदी,पोखरा ,साउन ३२।

डेभिसफल क्लब पोखरा १७ले टोल स्तर देखिनै फुटबल खेलको विकास गर्ने उदेश्यका साथ सञ्चालित डेभिजफाल फुटबल ट्रेनिड़को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। कार्यक्रमको बिधिवत रूपमा उद्घाटन गर्दै वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले क्लबले गरेको काम अत्यन्तै सरानिय भएको र खेलकुदको विकासमा लाग्न अनुरोध गर्नु भयो। क्लबलाई आवश्यक सहयोग गर्न आफु र वडाले कुनै पनि कसुर नराख्ने बताउनु भयो।
बिशेष अतिथि एन्फा कास्कीका अध्यक्ष मिलन गुरूड़ ,छोरेपाटन मा विका अध्यक्ष झपिन्द्र राज रेग्मी,गुप्तेशवर गुफा का कार्यबाहक अध्यक्ष गोपाल बराल, पत्रकार सुष्मा पौडेल, पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदी, नेपाली काग्रेस वडा नम्बर १७ अध्यक्ष देवराज आचार्य ,नेकपा १७ का अध्यक्ष सुवास ढुड़गाना ,सल्लकार युवक लामिछाने र प्रकाश बरिल  लगायतले मन्तवय राखेका थिए।
कार्यक्रममा डेभिजफल ट्रेनिड़ग फुटबल एकेडेमी र ईन्देणी फुटबल एकेडेमी बिच मैतिपुर्ण खेल भएको थियो।क्लबका पुर्व खेलाडी अजय गुरूड़, कोपिला पौडेल,कमल जि सी, प्रविण पौडेल आदिलाई सम्मान गरिएको थियो।
कार्यक्रम संचालन क्लबका महा सचिव दिपक सुवेदी ,स्वागत क्लबका प्रथम उपाध्यक्ष कमल भुजेल र कार्यक्रमको अध्यक्षता खेम राज बरालले गरेका थिए।