जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डेभिजफल क्लबले सुरक्षा चेक जाचमा कडाई

पोखरा २१,बैशाख
पोखरा १७ छोरेपाटन मा रहेको डेभिजफल क्लबले सुरक्षा चेक जाचमा कडाई गरेको छ ।

पोखरा भित्रने बरको वुट मा प्रहरि संग सहकार्य गरि चेक जाच र स्वस्थ्य जाच लाई कडाई गरेको हो ।
बैशाख १८ गते देखि आफनो छुटै हेल्प डेस्क राखि क्लबले पोखरा भित्रने यातायतलाई स्यानिटाइजेसन गर्ने र व्यक्तिहरुको हकमा ज्वरो नाप्ने , मास्क , पन्जा एवं खानेपानी वितरण गर्ने लगाएतको सेवा गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न मद्दत पुगोस भनेर लकडाउन भरि सेवा प्रदान गर्न हेल्प डेक्स राखिएको क्लबका अध्यक्ष पुष्प बरालले जन्मभुमि खबरलाई बताए ।

जिल्ल प्रशासन कार्यलय कास्की बाट पहुुुुँचकै भरका अनाधिकृत पासको दुरुप्रयोग भएको भने धेरैको गुनासो आएपछि छोरपाटन प्रहरी चौकि संग सहकार्यमा पासको पनि अनुगमन गरिएको र पोखरा भित्रनेको तथ्यांक पनि संकलान गरिएको उनको भनाई थियो ।क्लबले हेल्प डेस्कमा क्लबका सदस्यहरुको सिफट निर्धारण गरि बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म सेवा दिइरहेका छन् । सो काममा खटिएका प्रहरि र स्वयंमसेवकहरुलाई क्लबले खाजाको व्यवस्था समेत गरेको छ ।