Home / समाचार / डेँगुबाट बच्न सचेतना र्याली । सचेत रहन आग्रह ।

डेँगुबाट बच्न सचेतना र्याली । सचेत रहन आग्रह ।

भरतपुर,  १४  भदौं

चितवनमा  डेँगु  महामारीको  जोखिम  बढ्दैगएपछि  भरतपुर  महानगरपालिकाले  आज  बृहत्  जनचेतनामूलक  प्रभातफेरी  कार्यक्रम  गरेको  भरतपुर  महानगरपालीकाको कार्यालयबाट  निस्किएको  प्रभातफेरी लायन्सचोक,  शहिदचोक,  कमलनगर,  न्युरोड,  पुलचोक  हुदैपोखराबसपार्कमा  पुगीसभामा  परिणत  भएको  थियो 

प्रभातफेरीमा  महानगर  प्रमुख  रेनु  दाहाल, चितवनका  प्रमुख  जिल्ला  अधिकारी  जितेन्द्र  बस्नेत,  फिजिसियन  डा. भोजराज  अधिकारी,  नेपाल  प्रहरी,  सशस्त्र  प्रहरी,  नेपाली  सेना,  जनप्रतिनिधि,  बिभिन्न सामाजिक संघ संस्थाहरु,  सर्वसाधारण नगरवासीको  सहभागितारहेकोथियो

पोखरा  बसपार्कमा  भएको  सभामा  बोल्ने  बक्ताहरुले  डेँगु  नियन्त्रणको  लागि  सबैभन्दा  सजिलो  उपाय  हरेक  नागरिक  सचेत  रहनुपर्ने    आफ्नो  घर,  टोल,  छिमेकमा  पानी  जम्न  दिन  नहुने    यसको  केही  लक्षण  देखा  परे  तुरुन्त स्वास्थ्य  संस्थामा  जानु  पर्ने  बताए    सचेतना  अभियान  टोल  टोलमा  पुर्याउनु  पर्ने  औंल्याउदै  सरसफाईमा  जोड  दिन  सबैलाई  अनुरोध  गरे

घर,  आँगन,  होटल,  बसपार्क,  गाडी  ग्यारेज  सबैतिर  विशेष  निगरानी  गरी  यस्तोलामखुट्टे  रहने स्थानहरुमा  सरसफाइ गरी  यसलाई  हुर्कन  नदिन  आग्रह  गरे  पुरानो  भएर  थन्क्याईएका  सवारी  साधनका  टायरहरुमा  यस  प्रकारको  लामखुट्ने  बस्न  सक्ने  भन्दै  सजग  हुनु  पर्ने  बताए 

About janmabhumi