जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिल बहादुर खड्काको तिज गित

पोखरा

पोहोर साल त भेट भाथ्यौ सबै दिदि बैनि
एैले तिजमा कोरानाले आउन्न कोहि नि ।।
डाडाँ घरे ठुली दिदि गैरा घरे साना दिदि
कम्मर मर्काई पाउजु बजाई नाच्थे क्या विधि।

दर खाने थालमा दही खाने टपरी
कोहीले मादल बजाउथे कोहीेले थपरी ।।
आमाले पकाएको खान्थ्यौ हाम्ले दर पनि
एैले त सुन्य होला माईति घर अनि।।

०७६ साल पौष बाट सुरु भयो कोरोना रोगा
विश्व भरलाई हल्लाई दियो पा¥यो ठुलो सोक ।।
चाइनाबाट सुरु भयो विश्वो भरै फैलियो
छिटै हराई जाला भन्दा झनै मौलायो ।।

लाखौको ज्यान खायो खर्बै को क्ष्यति नि
त्यति मात्र काहा हो र दुःख कति नी ।।
चैत अन्तिम साता बाट भयो लकडाउन सुरु
बाटो हिडन मनिस देख्दा रुन्छु धुरुरु ।।

नारणघाट कोहोलपुर ४ दिनको सुत्केरि
पैदल हिडी घर गईन हेर कस्तरी ।।
घण्टौ लाग्ने बाटोलाई मैनौ दिन लाएर
हिडेका छन् विचराले चिउरा खाएर।।

लकडाउनले ठप्पै भयो विश्वो भर संसार
यातायात चल्नै छाडे नाका भन्सार ।।
कति दुख पाईन होला ति सुत्केरी आमाले
कति सारै पोल्यो होला चर्के घामले ।।

चाडवाड आउदा बालबच्चलाई के हो खै खुवाउने
प्रकृतिले जन्तालाई कति रुवाउने ।।
१८ बर्ष उमेरमा जन्माइथिन छोरीलाई
सम्झना हुने भयो जिवन भरीलाई ।।

तिज आयो दशै आउँछ फरि आउछ तिहार
सम्झी ल्याउँदा रुन्छ यो मन सारै हियार ।।
कति मरे दिदि बैनि कति मरे दाजु भाई
विदेशमा काम गथ्यौ खाई र नखाई ।।

कोरनाले वनाई दियो विश्वो तहस नहस
रोग संग कस्ले गर्न सक्छ बहस ।।
धनले त बचाउछ छयाणीकलाई मात्र
कति मरे उद्योग पति विज्ञ डाक्टर ।।

विदेशबाट आउने संग हुने भयो त्राश
राम्रोसंग चेक जाच गर नाका भन्सार ।।
नआतिनु दिदि बैनि न आतिनु दाजुभाई
गर्न सक्नु पर्छ हाम्ले नियम पाल्ना है ।।

ऋण लिएर उद्योग गर्ने ढुवी सके सबई
कोरनाको छिटै पत्ता लागाउ दबाई ।।
व्यापारिको व्यापार छैन मजदुरको काम पनि
भाडा तिरी सहर बस्ने गए गाँउ अनि ।।

विश्वो व्यापि फैलिएछ एैले यो कोरना
नियम पालन नगरेमा सक्छौ मरन ।।
साबुन पानीले हात धोउ मुख लगाउ माक्स पनि
सफा सुघर राख्नु है बस्ने बास अनि ।।

नगरौ है अंकलमाल न मिलाउ है हात पनि
अल्प आयु मै कोरनाले खाला ज्यान अनि ।।
गरौ वरु आदर हाम्ले गरौ बरु नमास्कार
सबै भन्दा राम्रो पनि त्यही हो सत्कार ।।

कति मरे दाजु भाई कति दिदि बैनि
मर्दैनौ की भन्ने आशा लिउ त्यही नि ।।
शान्ताना दिनु पर्छ गाँउ टोल सवैलाई
अनुसन्धान छिटै हुन्छ अव दवाईलाई ।।

नलगाउ है लकडाउन राम्रो गर चेक जाच
नाका मुखमा लगाई राख्नु पर्छ है माक्स ।।
देशमा आपत पर्दा खेरी हुनु पर्छ एक जुट
मन मुटाव गरेर कोही नी नफुट ।।

वाडी पैरो रोग पनि ०७७ मै चर्केने
सम्झी ल्याउदा यो मन हाम्रो सारै धर्केने ।।
जति दुःख पिर परेनी कम्मर मर्काई नाच्ने हो
थाहा छैन आर्काे तिजमा मर्ने बाच्ने हो ।।

लेखक ः डिल बहादुर खड्का
पोखरा २१ रामदी