जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डा.गोबिन्द के.सीको सत्याग्रहलाई सर्मथन गर्दै “जागौ पोखरा “अभियान (प्रेस बिज्ञप्ति)सहित

पोखरा ।                                                                                          डा.गोबिन्द के.सीको सत्याग्रहलाई सर्मथन गर्दै  “जागौ पोखरा “ले प्रेस विज्ञप्ति  निकालेको   छ।  भ्रस्टाचार, ब्यतिथी र कुशासन विरुद्ध नागरिकका समस्या लिएर पोखरामा विभिन्न कार्यक्रम गर्दै आएको “जागौ पोखरा” अभियानले सामुहिक कार्यक्रम गर्दै आएको वहाँको नाममा रहेको “सोलिडारिटि फर डा. गोबिन्द केसि” सङ सहकार्य गर्दै पोखरामा वहाँको समर्थनमा कार्यक्रम गर्न छलफल भैरहेको अभियानका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिनुभयो ।                                                                                                                                          प्रेस विज्ञप्ति

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्षरत डा. गोविन्द के.सीले कर्णाली प्रदेशको, जुम्ला बाट पुन: आमरण अनसन बस्नु भएको ब्यहोरा सबैमा अवगत नै छ । उहाँलाई पटक पटक अनसन बस्न बाध्य गराउने परिस्थिति बनेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विगतका वर्षहरुमा पटक पटक उहाँ आमरण अनसनमा बस्नुभएको थियो र संगसँगै प्रत्येक चरणका सत्याग्रहका कार्यक्रमहरु तत्कालिन सरकारहरु सँग सम्झौता हुँदै टुँगिँदै आएको मा सम्झौता बमोजिम सरकारहरुले आवश्यक कदम नचाल्ने र पुनः सो सम्झौतालाई कार्यान्वयन गराउन अनसनमा नै फर्कनु पर्ने वारम्वारको परिस्थिति बन्नु लोकतान्त्रिक शासन अभ्यास अपनाइएको र जनमतको बलमा खडा भएको सरकार विद्यमान रहेको वर्तमान अवस्थामा अत्यन्त खेद जनक रहेको हाम्रो निष्कर्ष रहेको छ ।

यस पटक डा.के.सी. ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरण गर्ने र देशका विभिन्न भागमा नयाँ सरकारी मेडिकल कजेलहरु सञ्चालन गर्ने, कोरोना महामारीसँग प्रभावकारी तवरले जुध्ने, २०७५ साउन १० गते यहीँ सरकारसँग गरेको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधन गर्ने, लगाएत देशमा बढिरहेका अनेक प्रकारका भ्रष्टाचार काण्डका दोषीहरुलाई छानविन गरी कारवाही गर्ने लगाएत का माग राखी अनसनमा बस्नु भएको छ ।

उहाँले उठाउनु भएका यि मागहरु देशको समग्र स्वास्थ्य शिक्षा स्तरलाई विकास गर्न र आम जनताको स्वास्थमा पहुँचलाई विस्तार गर्न निकै दुरगामी महत्वका रहेका छन् । साथै उहाँले उठाएका मागहरुले देशको शिक्षा प्रणाली र समग्र प्रशासन संयन्त्रमा रहेको कमी कमजोरीहरुलाई सुधार गरी भ्रष्टाचार मुक्त समाज निर्माणमा पनि ठूलो योगदान दिन सक्ने हुँदा, हामी उहाँले उठाएका मागहरुको समर्थन गर्दछौं र उहाँको सत्याग्रह प्रति ऐक्यबद्धता प्रकट गर्दछौं ।

सारा विश्व नै यतिवेला कोरोना महामारीको चपेटाबाट गुज्रिइरहेको अवस्थामा आफ्नो सत्याग्रहको क्रममा लाई फेरी निरन्तरता दिन बाध्य पार्ने परिस्थिति सरकार, यसका जिम्मेवार पदाधिकारीहरु र यसका निकायहरुले नै बनाइरहेको प्रति हामी अत्यन्त सजग छौं । त्यसैले यस बाट हुन जाने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रि र वहाँको मन्त्रिपरिषदले लिनुपर्दछ भन्ने कुरामा हामी सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्न चाहान्छौं । साथै हामी सम्बन्धित प्रशासनले उहाँको जीवन रक्षाको पूर्ण ग्यारेण्टी गर्न र उहाँका समर्थकहरु माथी कुनै प्रकारको मानसिक वा शारिरीक दवाव दिने काम नगर्न खवरदारी पनि गर्न चाहान्छौं ।

अन्त्यमा वहाँको माग यथाशीघ्र पूरा गरि, वहाँको जीवन रक्षा गर्न सरकार सङ जोड्दार अपिल गर्द्छौ । धन्यवाद ।

शिरीष गुरुङ्ग
अभियान संयोजक
“जागौं पोखरा” अभियान