जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डा. के.सिको समर्थनमा पोखरामा बृहत शान्तिपूर्ण प्रदर्शन

पोखरा ।

नेपालि जनता र तिनका सन्ततिले सर्भशुलभ रुपमा स्वास्थ शक्षि पढन पाउन भन्दै १९ पटक डा.के.सि सत्याग्राहमा बसेका छन् । देशका जनताले न्यय नपाएको र सरकारले पटक पटक उनि संग गरेका बाचाको पाल्ना नभए पछि उनि पुन अनशनमा बसेका हुन । हाल सम्म उनको विषयमा कुनै सुनुवाई नभएको हुदाँ सो विषयलाई सर्मथन गर्दाै आएको “जागौ पोखरा”अभियानका अभियानताहरुले भोलि ९ गते शान्तिपुर्ण बृहत प्रदर्शन गर्ने भएका छन् ।

शान्तिपुर्ण कार्यक्रममा सामाजिक अभियानता ,मानव अधिकारबादी , स्वास्थकमी , राजनितिक तथा बौद्धिक व्यक्तित्वहरुको साथ रहेको कार्यक्रमका सुचाना अधिकारी कृष्ण बरालले जानकारी दिएका छन् । साथै वहाँले सचेत नागरिकलाई आफ्ना लागि मात्र नभै भोलि आउने सन्ततिको लागि पनि डा. केसिको साथ दिन जरुरी रहेको जनाउनु भयो । सो कार्यक्रमा विहान ११ बजे पोखराको सृजनाचोक सुरु भैइ  १२:३० सम्मा हुने छ ।