जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रूपमा बन्द

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लागेको छ। ट्रम्पका ट्वीटले ‘हिंसा भड्किने’ भन्दै ट्वीटरले ट्रम्पको अकाउन्टलाई स्थायी प्रतिबन्ध गरेको हो।
राष्ट्रपति ट्रम्पको ‘@realDonaldTrump’अकाउन्टमाथि ट्वीटरले स्थायी प्रतिबन्ध गरेको हो।
राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्विटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको थियो।