जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जीप दुर्घटनामा ७ महिलासहित ११ जनाको मृत्यु।

दार्चुला ,१८ फाल्गुण।

दार्चुलामा शुक्रबार राति  म १ ज २८० नम्बरको जीप दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको छ । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको  जीप दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भिरमा दुर्घटनामा परेको हो ।

जीप  सडकबाट २ सय मिटर तल महाकाली नदी किनारमा खसेको हो । शुक्रबार राती ७ : ३० बजेको दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।

दुर्घटनामा गम्भीर घाइतेहरूको उपचार भहिरहेको र जीप चालक दिपक सिह  धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारकालागि भारतको पिथौरागढ रिफर गरिएको  प्रहरीले बताएको छ।